लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-०८
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका २ छपकैया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने बस्तु ६ ग्राम ८८ मि.ग्रा. सहित सोही स्थान बस्ने बर्ष ४७ को सुरेश पहरीलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी बिट छप्कैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना.१ ह.५३२९ नम्बरको ई-रिक्सालाई चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने बस्तु फेला परेकोले उक्त परिमाणको लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा,
निजगढ नगरपालिका ६ भमरा स्थितबाट लागू औषध गाँजा १ किलो ७०० ग्राम सहित निजगढ न.पा. ६ भमरा राई टोल बस्ने लोक नाथ फुयालको श्रीमती बर्ष
३३ की बिमला अधिकारी फुयाललाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा खोजतलास
गर्दा निजले लुकाई छिपाई राखेको
उक्त परिमाणको लागु औषध फेला परेकोले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।