लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-१४
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका १६
भानु चोक स्थितबाट २३ ग्राम ३०० मि.लि. ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने
पदार्थ सहित भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत नकरदेही वडा नं. १ बस्ने वर्ष
२० को फुल महम्द देवान र वर्ष २८ को अली अख्तरलाई आईतवार साँझ प्रहरीले पक्राउ
गरेको छ । प्रहरी चौकी बसपार्क, पर्सा र लागू औषध नियन्त्रण ब्युरो बिरगन्जबाट
खटिएको संयुक्त प्रहरी टोलिले नग्वाबाट
बसपार्क तर्फ आउँदै गरेको BR05AA-4450 नम्बरको मोटरसाइकललाई
चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
नबराजपुर गाउँपालिका १ भगवतीपुर टोल स्थित भित्री सडक खण्डबाट लागू औषध CODEINE
PHOSPHATE WIXDIN CAUGH SYRUP - (कफ सिरफ) लेखिएको 100 ML को- ८४ बोतल, PHENERGAN
-१०१ एम्पुल, DIAZEPAM- ९५ एम्पुल, BUPRENORPHINE- ९८
एम्पुल सहित जिल्ला सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर टोल बस्ने बर्ष
४० को भगत यादबलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले गोप्य सुचनाको आधारमा भगवतीपुरबाट
सितापुर तर्फ प्लाष्टिकको बोरा बोकी पैदल जाँदै गरेको निजलाई चेकजाँच गर्ने क्रममा
उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।