बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०६-१५
- A
- A-
- A+
पर्सा,
बिरगंज महानगरपालिका १६ नगवा चोक स्थितबाट अं. मुल्य रु. १,११,५४,३३०/- (एक करोड
एघार लाख चौबन्न हजार तीनसय तीस रुपैयाँ) बराबरको खुद्रा सामान सहित बा.प्र.
०३-००१ ख १६५५ नम्बरको ट्रकलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला
प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई शंका लागी चेकजाँच
गर्दा बिल बिजक भन्दा बढी खुद्रा सामान देखिएकोले नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ
।