लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-१८
- A
- A-
- A+
सर्लाही,
बागमती नगरपालिका १२ बागमती पुल स्थितबाट लागू औषध नाईट्राभेट ट्याब्लेट १५ पिस र अं.२० ग्राम (४ पुरिया) गाँजा
सहित बागमती नगरपालिका १२ बथाने टोल बस्ने बर्ष २२ को
प्रेम तामाङ र वर्ष १९ को निशान दोङलाई
बिहिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट
खटिएको प्रहरी टोलीलाई देख्ना साथ भाग्न खोज्दा निज दुवै जनालाई उक्त लागू औषध
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।