अठार लाख रकम सहित हुण्डी कारोवार गर्ने व्यक्ति नियन्त्रणमा
२०७८-०८-२७
- A
- A-
- A+
पर्सा, २०७८।०८।२७ गते । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा. वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा मिति २०७८/०८/२६ गते १५:०० बजे घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० बस्ने वर्ष २८ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू. १८,००,०००।– (अठार लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी सो कार्यमा सलंग्न जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.१० बस्ने वर्ष ४४ को ओमप्रकाश गुप्ता समेत दुई जनालाई उल्लेखित मो.सा. सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको ।
निम्न
पक्राउ विवरण
१.क) अभियुक्त:- चन्दन कुमार साह
उमेरः- २८ बर्ष
ठेगाना:- जि. पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१०
पक्राउ मिति:- २०७८।०८।२६ गते ।
मुद्दा:- बैंक तथा वित्तीय ऐन सम्बन्धी कसूर
१.ख) अभियुक्त:-ओमप्रकाश गुप्ता
उमेरः- ४४ बर्ष
ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१०
पक्राउ मिति:- २०७८।०८।२६ गते ।
मुद्दा:- बैंक तथा वित्तीय ऐन सम्बन्धी कसूर