लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-०८
- A
- A-
- A+
१. सर्लाही,
मलंगवा नगरपालिका ११ नवलपुर-मलंगवा सडकखण्ड स्थितबाट लागू औषध गाँजा १० के.जी.
सहित हरिपुर नगरपालिका १ बस्ने वर्ष २२ को सुलिन्द्र महतो कोईरी र बरहथवा नगरपालिका
९ बस्ने वर्ष १६ को चन्दन शर्मा लोहारलाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको
छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने
क्रममा प्रदेश २-०३-०२२ प ०७६१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको निजहरुलाई उक्त
लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।