चाँदी जस्तो देखिने सेतो धातु पदार्थ सहित मानिस पक्राउ
२०८१-०७-०८
- A
- A-
- A+
१. रौतहट,
गौर नगरपालिका १ स्थितबाट चाँदी जस्तो देखिने धातुको विभिन्न किसिमको गरगहनाहरु अंन्दाजी
७ के.जी २२४ ग्राम सहित देश भारत जिल्ला सितामाढी नगर परिषद बैरगनिया ग्राम असोगी
पोष्ट थाना बैरगनिया बस्ने वर्ष ६२ को चन्देश्वर साह र वर्ष १८ को सियाराम कुमारलाई
बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको
प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 30 F 6635 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त
धातु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।