चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०७-०९
- A
- A-
- A+
बारा,
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थितबाट चाँदी जस्तो देखिने सेतो धातु १४ के.जी.
(मुर्ति,
जन्तर, कम्मरमा लगाउने पेच आदि) अं. मुल्य रु.
२५,०४,९५० (पच्चिस लाख चार हजार नौ सय
पचास रुपैयाँ ) सहित जि. बारा प्रसौनी गा.पा. वडा नं. ६ प्रस्टीका बस्ने नागेन्द्र
साह सोनारको छोरा अं. बर्ष ३३ को सन्तोस साह सोनार र जि. बारा जितपुरसिमरा
उ.म.न.पा. ८ गमरगावा टोल बस्ने हुसेनी महतोको छोरा अं. बर्ष २७ को सुरेश महतोलाई
शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट
खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना
५२ प २५८४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र ना ५५ प ३९३२ नम्बरको १५० सिसिको
पल्सर मोटरसाइकलमा सवार निजहरुलाई उक्त धातु सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।