विल विजक भन्दा बढि खुद्र सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०७-२७
- A
- A-
- A+
१. पर्सा,
विरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट विल विजक भन्दा बढि अन्दाजी मुल्य रु.
३६,६३,६०२/- (छत्तिस लाख त्रिसट्ठी हजार छ सय दुई रुपैयाँ) बराबरको खुद्रा सामान
सहित ना ५ ख ६७४७ नम्बरको ट्रकलाई सोमवार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आदर्शनगरबाट बुटवल तर्फ जाँदै
गरेको उक्त ट्रकमा विल विजक भन्दा बढि सामान रहेकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैया बारामा बुझाएको छ ।