फरार प्रतिवादी पक्राउ
२०८१-०७-२७
- A
- A-
- A+
१.
सिरहा, औरही गाउँपालिका १
दरहिया टोल स्थितबाट ज्यान सम्बन्धी कसुर र ज्यान मार्ने उद्योग मुद्दाका फरार
प्रतिवादी सोही स्थान बस्ने बर्ष ४० को
चन्दन भन्ने शिव शंकर चौधरीलाई सोमवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी
हर्कटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतनबाटै
नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, सवारी ज्यान मुद्दामा
१ महिना ३ दिन कैद तोकिएको फरार प्रतिवादी डाक्नेश्वरी नगरपालिका ३ बस्ने संजय
कुमार रायलाई सोमवार राती प्रहरीले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय
सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजकै घर वतनबाट पक्राउ
गरी सम्मानित सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।