फरार प्रतिवादी पक्राउ
२०८१-०७-२८
- A
- A-
- A+
१.
बारा,
जबरजस्ती करणी मुद्दामा २ बर्ष ६ महिना कैद र रु. ३०,०००/- (तीस हजार रुपैयाँ)
जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका ७ कथामिल
बस्ने बर्ष २२ को करण सहनीलाई बुधवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जितपुर
सिमरा उपमहानगरपालिका ७ केराढोकाबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।