फरार प्रतिवादी पक्राउ
२०८१-०७-२९
- A
- A-
- A+
१. बारा,
अपहरण शरीर बन्धक तथा जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद र रु.५,००,०००/- जरिवाना
भएको फरार प्रतिवादी सिम्रौनगढ नगरपालिका १ बस्ने बर्ष २५ को अनिष कुमार बैठालाई
बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट
खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतनबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी,
अपराधिक उपद्रव मुद्दामा १ बर्ष ११ महिना ८ दिन कैद र रू. २०,०००/- जरिवाना
तोकिएको फरार प्रतिवादी कन्चनरुप नगरपालिका ८ कटवारी टोल बस्ने सागर चौधरीलाई बुधवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई
घर वतन एरियाबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।