लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-०२
- A
- A-
- A+
१.
महोत्तरी,
औरही नगरपालिका १ औरही चेक पोष्ट स्थितबाट १५० किलो लागू औषध गाँजा सहित जिल्ला सर्लाही
लालबन्दी नगरपालिका ११ बस्ने बर्ष २७ को आकाश ठाकुर र जिल्ला सर्लाही हरिवन नगरपालिका
२ बस्ने बर्ष ३० को पेमा दोर्जे लामालाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त
प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गौशलाबाट औरही तर्फ आउँदै गरेको UP 57 AF9495
नम्बरको भारतीय नम्बर प्लेटको ब्रेजा कारलाई चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध,
नगद रु. ७७,०००/- र मोबाईल थान ३ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
बहुदरमाई नगरपालिका ७ बिश्रामपुर स्थितबाट ५ किलो लागू औषध गाँजा सहित बहुदरमाई
नगरपालिका ७ भौराटार बस्ने बर्ष १८ को दिनेश कुमार नुनियालाई शनिवार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरी
टोलीले चेकजाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।