प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-०४

  • A
  • A-
  • A+
Share


१.     सप्तरी, राजगढ गाउँपालिका ४ बेल्ही चपेना शनी मन्दिर स्थितबाट १७ क्युवीन्टल ३६ किलो ग्राम लागू औषध गाँजा सहित जिल्ला धनकुटा शहिदभुमी गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को यमजित राईलाई कार्तिक ३ गते सोमवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय  कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका धारमा जिल्ला पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ ख ६५०३ नम्बरको टिपर गाडीलाई चेकजाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.     पर्सा बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट  स्थितबाट ५ किलो ६४० ग्राम लागू औषध गाँजा सहित देश भारत बेतिय जिल्ला सुगौली वडा नं. ८ बस्ने वर्ष २० को साहेब आलमलाई कार्तिक २ गते आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट रक्सौल तर्फ जाँदै गरेको पैदल यात्रीलाई शंका लागी चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू षध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०८-०५

१.      बारा, डाँका मुद्दामा १ बर्ष कैद र रु.१०,५००/- (दश हजार पाँच सय रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा बिश्रामपुर गाउँपालिका २ बरैनिया बस्ने वर्ष २२ को रुपेश यादब भन्ने अर्जुन राय यादबलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले निज अर्जुन राय यादबलाई निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     बारा, लागु औषध (ब्राउन सुगर) चालु मुद्दाको फरार प्रतिवादी जिल्ला बारा फेटा गाउँपालिका ३ फेटा बस्ने बर्ष २० को हारुन देवानलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा निजलाई फेटा गाउँपालिका ४ फुलबरिया चोकबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०८-०२

१.      सिरहा, जबरजस्ती करणी (पेण्डिङ) मुद्दाका फरार प्रतिवादी नरहा गाउँपालिका ४ बस्ने बर्ष २१ को रमेश कुमार यादवलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.     सप्तरी, अपराधिक उपद्रव मुद्दामा १ बर्ष ११ महिना ५ दिन कैद र रु. २०,०००/-  (बीस हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी कन्चनरुप नगरपालिका ८ कटवारी टोल बस्ने सोनु मण्डललाई आतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतन एरियाबाट नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ३.     सप्तरी, डाँका मुद्दामा ११ महिना १५ दिन कैद र रु. १०,०००/- (दस हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका ७ बस्ने वर्ष ३० को नन्दी पासवानलाई आतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा  सुरुङगा नगरपालिका ४ कदमहा चोक स्थितबाट निजलाई नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-०२

१.      महोत्तरी, औरही नगरपालिका १ औरही चेक पोष्ट स्थितबाट १५० किलो लागू औषध गाँजा सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका ११ बस्ने बर्ष २७ को आकाश ठाकुर र जिल्ला सर्लाही हरिवन नगरपालिका २ बस्ने बर्ष ३० को पेमा दोर्जे लामालाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा  लिएको  छ । प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गौशलाबाट औरही तर्फ आउँदै गरेको UP 57 AF9495 नम्बरको भारतीय नम्बर प्लेटको ब्रेजा कारलाई चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध, नगद रु. ७७,०००/- र‍ मोबाईल थान ३ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बहुदरमाई नगरपालिका ७ बिश्रामपुर स्थितबाट ५ किलो लागू औषध गाँजा सहित बहुदरमाई नगरपालिका ७ भौराटार बस्ने बर्ष १८ को दिनेश कुमार नुनियालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०७-२९

१.     बारा, अपहरण शरीर बन्धक तथा जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद र रु.५,००,०००/- जरिवाना भएको फरार प्रतिवादी सिम्रौनगढ नगरपालिका १ बस्ने बर्ष २५ को अनिष कुमार बैठालाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई  घर वतनबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.     सप्तरी, अपराधिक उपद्रव मुद्दामा १ बर्ष ११ महिना ८ दिन कैद र रू. २०,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी कन्चनरुप नगरपालिका ८ कटवारी टोल बस्ने सागर चौधरीलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतन एरियाबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।