लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-११
- A
- A-
- A+
सर्लाही, बलरा नगरपालिका ५ अर्नाहा स्थितबाट लागू औषध
Codiwell Syrup (100 ml) १०० बोतल सहित रामनगर गाउँपालिका ५ बस्ने वर्ष १९ को तुलसी यादवलाई सोमबार
राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको
प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR
06 AY 8974 नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निजलाई
उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।