फरार प्रतिवादी पक्राउ
२०८१-०८-१३
- A
- A-
- A+
१. बारा, चोरी मुद्दामा १ बर्ष कैद र रु. १०,०००/- जरिवाना भएको फरार प्रतिवादी फेटा गाउँपालिका ४ बत्रा टोल बस्ने बर्ष ३० को मुकेश मुखियालाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजको घरबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा, हातहतियार खरखजाना मुद्दामा जनही २ महिना कैद र रु. २५,०००/- जरिवाना तोकिएको
फरार प्रतिवादी निजगढ नगरपालिका १ बस्ने वर्ष ६० को जनक बहादुर स्याङतान र वर्ष ३७
को प्रेम बहादुर स्याङतानलाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी पोष्ट सिंगोलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा
निजहरुलाई गाँउ घरबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।