लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एम्बुलेन्स नियन्त्रणमा
२०८१-०८-१३
- A
- A-
- A+
महोत्तरी, बर्दिबास नगरपालिका
३ काटा गौरीडाँडाबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम८०
मिलिग्राम सहित जिल्ला सिन्धुली मरिण गाउँपालिका ६ छाप बजार बस्ने
बर्ष ३३ को सबिन कुमार लाखे र जिल्ला सिन्धुली साङवाले नगरपालिका ४ बस्ने बर्ष २४
को संजिव पुरीलाई बुधवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय बर्दिबास र लागू औषध ब्युरो शाखा कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलिले
बर्दिबासबाट सिन्धुली तर्फ जाँदै गरेको बा.प्र.०१-००२ झ. ६६९० नम्बरको एम्बुलेन्स (कपिलाकोट
अस्पताल सिन्धुलीको एम्बुलेन्स) लाई चेक जाँच गर्ने क्रममा एम्बुलेन्सको साईरनमा
जडान गरिएको माईक्रोफोन भित्र लुकाई छिपाई राखेको उक्त परिमाण बराबरको लागू औषध
ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले एम्बुलेन्समा सवार निजहरुलाई उक्त
लागू औषध र एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।