लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१६
- A
- A-
- A+
१. पर्सा
बिरगंज महानगरपालिका १६ बसपार्क स्थितबाट लागू औषध Onerex Syrup (100 ML) ६० बोत्तल सहित जगरनाथपुर गाउँपालिका
२ बस्ने राजु रामको श्रीमती बर्ष ३० की संगिता रामलाई शनिवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट
हेटौंडा चल्ने ना १ ज ८६९० नम्बरको माईक्रो गाडीलाई चेक जाँच गर्ने क्रममा निजलाई लागू
औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।