खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०८-१७
- A
- A-
- A+
१. बारा, जितपुर सिमरा उपमहानगरपालिका ७ स्थितबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य रु. ३१,७९,०२२/- (एक्तिस लाख उनासी हजार बाईस रुपैयाँ) बराबरको खुद्रा सामान सहित ना ८ ख ८२८६ नम्बरको ट्रकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको उक्त ट्रकलाई रोकि चेक जाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी सामान रहेको र भन्सार छलिको आशंकामा नियन्त्रणमा लिई आवश्य अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।
२. बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोक स्तिथबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य रु. ६५,६०,२९०/- (पैंसट्ठी लाख साट्ठी हजार दुई सय नब्बे रुपैयाँ) बराबरको खुद्रा सामान सहित प्र.०१-०४-००१ ख००६८ नम्बरको ट्रकलाई आइतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिराटनगरबाट रुपन्देही तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिलबिजक भन्दा बढी समान रहेको, आवश्यक कागज पत्र समेत नभएको तथा राजश्व छलीको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।
३.
बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य
रु. २५,९८,१२६/- (पच्चीस लाख
अन्ठानब्बे हजार एक सय छब्बिस रुपैयाँ) बराबरको खुद्रा समान सहित प्र.०२-०३-००१ ख
३६८९ नम्बरको ट्रकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
पथलैया बाराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाणडौ तर्फ जाँदै गरेको उक्त ट्रकलाई
चेक जाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी सामान रहेको तथा राजश्व छलीको आशंकामा
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय
पथलैया बारामा बुझाईएको छ ।