लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१९
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका
१६ बसपार्क स्थित देवदरबार होटल अगाडी चालिस फिटे सडक खण्डबाट लागू औषध खैरो हेरोईन
जस्तो देखिने पदार्थ अन्दाजी ७१ ग्राम सहित जितपुर सिमरा उपमहानगरपालिका ७ बोरिङ
टोल बस्ने बर्ष २५ को अमजद मिया र बर्ष ३४ को सुरज प्रसाद सर्राफलाई मंलवार राती
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्क र लागू औषध नियन्त्रण ब्युरो
बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त
परिमाणको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।