प्रतिवन्धित लागु औषध सहित मानिस पक्राउ
२०८१-०८-२५
- A
- A-
- A+
पर्सा,
बिरगंज म.न.पा.वडा नं.१६ शंकराचार्यगेट स्थितबाट प्रतिवन्धित लागु औषध गाँजा २ किलो
४५० ग्राम सहित देश भारत जिल्ला पश्चिम चम्पारण बेतिया थाना वडा नं.३९ हरिमटका
बस्ने अमित प्रसादको छोरा अं.वर्ष १८ को अमन कुमार नाम बताउंने अमन कुमारलाई मंलवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी
टोलीले नेपालबाट भारत तर्फ पैदल जादै गरेको अमन कुमार नाम बताउंने अमन कुमारलाई शंका लागि
चेकजाँच गर्दा शरीरमा प्लाष्टिकको डोरीले बेरेर राखेको प्रतिवन्धित लागु औषध गाँजा
सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ
।