फरार प्रतिवादी पक्राउ
२०८१-०९-०३
- A
- A-
- A+
१.
बारा,
चेक अनादरविगो मुद्दामा १ वर्ष कैद र रु. ६,०२,०००/- (छ लाख दुई हजार रुपैयाँ) जरिवाना
तोकिएको फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपरा बस्ने प्रहलाद
चौधरीको श्रीमती बर्ष ५५/५६ की ईन्द्रा देवीलाई मंगलवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास
गर्दै जाने क्रममा निज ईन्द्रा देवीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सवारी ज्यान मुद्दामा २
महिना ४ दिन कैद सजाय भएको फरार प्रतिवादी गोलबजार नगरपलिका ११ बस्ने बर्ष
५६ को नजामुदिन भन्ने मोहम्द नेजाम खालाई बुधवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खोजतलास
गर्दै जाने क्रममा निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।