बिल बिजक भन्दा बढी खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०९-०५
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका
१ पथलैया चोकबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य रु.५१,५१,६३७/- (एकाउन्न लाख
एकाउन्न हजार छ सय सैंतिस रुपैयाँ) बराबरको खुद्रा सामान सहित प्र ०१-०२-००१ ख
८०७३ नम्बरको ट्रकलाई बिहीबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिराटनगरबाट
रुपन्देही तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिलबिजक भन्दा बढी सामान
रहेको तथा राजश्व छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
२.
बारा, जितपुर सिमरा उपमहानगरपालिका
१ पथलैया चोकबाट बिल बिजक भन्दा बढी सामान अन्दाजी मुल्य रु. १०,२०,४८२/- (दश लाख बीस हजार चार सय बयासी रुपैयाँ)
बराबरको खुद्रा सामान सहित ना ७ ख १३१० नम्बरको ट्रकलाई बिहीबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने
क्रममा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिलबिजक
भन्दा बढी सामान रहेको तथा राजश्व छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।