फरार प्रतिवादी पक्राउ
२०८१-०९-०५
- A
- A-
- A+
१.
बारा, लागू औषध मुद्दामा ५
महिना २८ दिन कैद र रु.२,०००/- (दुई
हजार) जरिवाना तोकिएको फरार प्रतिवादी निजगढ नगरपालिका ८ खैरघारी बस्ने जुद्ध
बहादुर बुढाथोकीको श्रीमती वर्ष ५१ की बिमला बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले
पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले खोजतलास
गर्दै जाने क्रममा निजलाई गाउँ घरबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी
सम्मानित बारा जिल्ला अदालतमा बुझाईएको छ ।