लागू औषध सहित मानिस पक्राउ
२०८१-०९-०७
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका ३ प्रगतिनगर
टोलबाट लागू औषध Tramadol Hydrochloride Capsul IP 50 MG
(Tramanil) १,५१,८६० पिस क्यापसुल सहित बिरगंज महानगरपालिका १ बस्ने
बर्ष ३८ वर्ष को राजाराम महतो कोईरीलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । इलाका प्रहरी कार्यालय छपकैया, प्रहरी चौकी आदर्शनगर र नं. १३ हेडक्वाटर पर्सा
चिनी मिलबाट सशस्त्र प्रहरीको टोली सहित खटिएको संयुक्त प्रहरी टोलीले अवैध लागू
औषध संचय गरी राखेको भन्ने विशेष सुचनाको आधारमा निज राजाराम महतो कोईरीले सञ्चालन
गर्दै आएको श्रृष्टि किराना जेनरल स्टोर्सको गोदाममा खानतलासी गर्दा उक्त परिमाण
बराबरको लागू औषध फेला परेकोकोले निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।