लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०८
- A
- A-
- A+
१. बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट लागू औषध (ONEREX) अनेक्स-३५ बोतल सहित देश भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला शमपुखा ग्राम वडा नं. ७ बस्ने वर्ष १८ को अजय साहलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही,
मलंगवा नगरपालिका ८ स्थितबाट लागू औषध WINCEREX COUGH SYRUP 100 ml को ८ बोतल सहित हरिपुर नगरपालिका ६ बस्ने
बासुदेव महतोको श्रीमती बर्ष ३४ की सिता देवी महतोलाई आईतवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले भन्सार चेक
पोष्ट अगाडी भारतको सोनबर्षाबाट मलंगवा तर्फ आउँदै गरेको निजलाई चेकजाँच गर्ने
क्रममा उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।