खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०९-११
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट बिल बिजक भन्दा
बढी अन्दाजी मुल्य रु. ३१,८२,०६०/- (एक्तिस लाख बयासी हजार साट्ठी रुपैयाँ) बराबरको
खुद्रा सामान सहित लु १ ख ९५१४ नम्बरको ट्रकलाई बुधवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ
टोलीले बिरगंजबाट रुपन्देही तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिल
बिजक भन्दा बढी सामान रहेको तथा भन्सार छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ
।
बारा, जितपुर सिमरा
उपमहानगरपालिका १ पथलैया चोकबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य रु. ३६,१३,९६९/- (छत्तिस लाख तेह्र
हजार नौ सय उनन्सत्तरी रुपैयाँ) बराबरको खुद्रा सामान सहित ना. ५ ख. ७०५२ नम्बरको
ट्रकलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट
खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा विराटनगरबाट रुपन्देही तर्फ जाँदै
गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिल बिजक भन्दा बढी सामान रहेको तथा राजश्व
छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।