लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१२
- A
- A-
- A+
जिल्ला, महोत्तरी सम्सी गाउँपालिका ६
सम्सी चोकबाट लागू औषध NITRAVET-10 -४ पत्ता (५७ पीस)
र CARTSPAS १ पत्ता (८ पीस) सहित बर्दिबास नगरपालिका ८ बस्ने
बर्ष २२ को प्रभास सापकोटा र जिल्ला काभ्रे नवबुद्ध नगरपालिका भकुण्डेबेसी घर
बताउने बर्ष २४ को संदिप चिमोरियालाई बिहीबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ
। प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलीले सम्सी गौशाला सडक खण्डमा सम्सीबाट
गौशाला तर्फ जाँदै गरेको ज १ ह ३९३१ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई
उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।