अवैध लागु औषध सहित मानिस नियन्त्रण
२०८१-०९-१४
- A
- A-
- A+
बारा;
जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट लागू औषध नोरफिन-१२०० एम्पुल, ड्राइजोपाम-१२०० एम्पुल र फेनारगन-१२०० एम्पुल सहित जिल्ला रौतहट कटहरिया
नगरपालिका ७ बस्ने वर्ष १८ की मुस्कान कुमारी दासलाई शनिवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
पथलैयाबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख
५१५९ नम्बरको यात्रु बाहक बसलाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा
लिईएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।