फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०९-१९
- A
- A-
- A+
रौतहट, कर्तव्य ज्यान मुद्दामा वारदात
पश्चात फरार रहेका प्रतिवादी कटहरिया नगरपालिका १ बस्ने बर्ष ५० को जितन महतो
नुनियाँलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट
छेदिचोकबाट खटिएको प्रहरी टोलीले निजलाई गाउँ घरमा लुकिछिपी बसिरहेको अवस्थामा
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।