प्रतिवन्धित लागु औषध सहित मानिस पक्राउ
२०८१-०९-२३
- A
- A-
- A+
१.
सिरहा, सखुवान्नकारकट्टि
गाउँपालिका ३ स्थितबाट प्रतिवन्धित लागु औषध DIAZEPAM (डाइजोपामं)
५ एम्पुल, PROMETHOZINE-HYDROCHLORIDE(प्रमिथोजाइन
हाइड्रोक्लोराइड) ५ एम्पुल र BUPRENORPHINE (बुरुफोफाइन) ५
(पाँच) एम्पुल सहित सिरहा लहान नगरपालिका २१ बेतहा टोल बस्ने भोला प्रसाद गुप्ताको
छोरा अं.वर्ष २५ को श्रवण कुमार गुप्तालाई
सोमवार बेलुका प्रहरीले नियन्त्रमा लिएको छ । ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले लहान ठाडि
सडक खण्डमा परिहारपुर चौकी स्थित पैदलयात्रीलाई रोकि शंका लागि चेकजाँच गर्दा
निजले लगाएको पाइन्टको दाहिने साइडको खल्तिबाट कालो प्लाष्टिकको झोला भित्र
प्रतिवन्धित लागु औषध १५ (पन्द्र) एम्पुल सहित निजलाई नियन्त्रणमा लिएको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सखुवान्नकारकट्टि
गाउँपालिका ५ महेशवारी चौक स्थितबाट प्रतिवन्धित लागु औषध DIAZEPAM (डाइजोपामं) ९ एम्पुल, PROMETHOZINE-HYDROCHLORIDE (प्रमिथोजाइन
हाइड्रोक्लोराइड) ५ एम्पुल र BUPRENORPHINE (बुरुफोफाइन) ११
एम्पुल सहित सिरहा लहान नगरपालिका ५ बलुवा टोल बस्ने सितल सदायको छोरा अं. वर्ष २३
को रोहित सदालाई सोमवर राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले ठाडीबाट लहान
तर्फ जादैँ गरेको यात्रु बाहक बसलाई शंका लागि रोकि चेकजाँच गर्दा रोहित सदालाई
प्रतिवन्धित लागु औषध सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।