प्रतिवन्धित लागु औषध गाजाँ सहित मानिस पक्राउ
२०८१-०९-२३
- A
- A-
- A+
११. जिल्ला, सिरहा धनगढिमाइ नगरपालिका १४ सर्रे खोला स्थितबाट प्रतिवन्धित लागु औषध गाँजा ५९ किलो सहित जिल्ला उदयपुर कटारी नगरपालिका ८ अहाले टोल बस्ने बल बहादुर मगरको को छोरा अं. वर्ष २६ को मधु लाल थापा मगर,ऐ.ऐ.बस्ने आईत बहादुर गुरुङको छोरा अं. बर्ष २७ को निर बहादुर गुरुङ, ऐ.ऐ. बस्ने अं.वर्ष २१ को दुर्गा बहादुर राना मगरको छोरा अं. वर्ष २१ नविन राना मगर र पैदल यात्री जिल्ला सिरहा धनगढिमाइ नगरपालिका १४ गागन टोल बस्ने अमर बहादुर मगरको छोरा अं. वर्ष ४४ को शेर बहादुर मगरलाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, ईलाका प्रहरी कार्यालय लहान सिरहा र अस्थाई प्रहरी पोष्ट पक्कीटोलबाट संयुक्त खटिएको प्रहरी टोलीले लागु औषध गाँजा ल्याउदै छ भने गोप्य सुचनाको आधारमा धनगढिमाइ नगरपालिका १४ सर्रे खोला स्थित उत्तर बाट दक्षिण तर्फ कालो प्लाष्टिक भित्र प्लाष्टिकको बोरामा प्लाष्टिकको डोरीको नाम्लोको भारी बनाइ पिठ्युमा बोकी पैदल ल्याउदै गरेको प्रतिवन्धित लागु औषध गाजाँ ३ पोका सहित निज ४ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।