प्रतिवन्धित लागु औषध गाँजा सहित ४ जना मानिसहरू पक्राउ
२०८१-०९-२४
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका वडा
नं.२० हरपतगञ्ज चोक स्थितबाट प्रतिवन्धित लागु औषध गाँजा ५० किलो सहित जिल्ला
पर्सा बहुदरमाई नगरपालिका १ बिश्रामपुर बस्ने वर्षा ४० को पारस यादव, जिल्ला पर्सा
बहुदरमाई नगरपालिका १ बिश्रामपुर बस्ने
वर्ष ५२ को मैनादिन मियाँ, जिल्ला पर्सा बहुदरमाई नगरपालिका ७ तिनटोलिया बस्ने
वर्ष ३६ को अकवर मियाँ र जिल्ला पर्सा बहुदरमाई नगरपालिका ७ छप्कैया बस्ने वर्ष २३
को शिव महतोलाई मंगलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी
कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हरपतगञ्ज चोक स्थित
सडक भन्दा अं.५०० मिटर पश्चिमपट्टी कुलोको बाटो हुँदै चार जना अपरिचित मानिसहरू
टाउकोमा प्रतिवन्धित लागु औषध गाँजा ४ पोका बोकी जाँदै गरेको अवस्थामा फेला पारी
निजहरूलाई नियन्त्रणमा लिईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।