लागु औषध गाजा सहित मानिस नियन्त्रणमा
२०८१-०९-२५
- A
- A-
- A+
बारा, प्रसौनी गाउँपालिका ५ प्रष्टोका स्थितबाट प्रतिबन्धित लागु
औषध गाँजा १० किलो सहित देश भारत उत्तर प्रदेश जिल्ला लखनउ नगरपालिका लखनउ भाता
सरोजनिनगर एण्ड डे ए कालोनी ट्रान्सपोर्ट नगर बस्ने सुरेश लाल श्रीवास्तवको छोरा
अं.बर्ष ३२ को चन्द्रभान श्रीवास्त, ऐ.जिल्ला कोशिनगर थाना पटेर्वा ग्राम पञ्चायत जवरा बजार
श्री दुबेअमवा बस्ने प्रमेश्वर गुप्ताको छोरा अं.बर्ष ३८ को धर्मेन्द्र गुप्ता र ऐ.जिल्ला
शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने स्वःरामानन्द कुशवाहाको छोरा अं.बर्ष
४८ को चन्द्र भान कुशवाहालाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रष्टोका बाट बेलहिया तर्फ आउदै
गरेको भारतिय नम्बर प्लेट UP
32 BX 4726 नं.को बोलेरो गाडिमा प्रतिबन्धित
लागु औषत गाँजा बोकी हिडेको बिशेष सुचनाको आधारमा बोलेरोको
अगाडिको बोनटमा सेतो प्लाष्टिकमा प्याक गरी २ पोका गाँजा र बोलेरो गाडी सहित ३ जना
मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।