बिल बिजक भन्दा बढी लोड गरेको सामान सहितको ट्रक नियन्त्रणमा
२०८१-०९-२६
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-१६
रेल्वे रोड नगवा स्थित बाट बिल बिजक भन्दा बढी लोड गरेको सामान अं.मु.रु.४३,५०,०००/-
बराबरको ट्रक बिहिवार
राती प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय
बिर्ताबाट
खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना ७ ख ७६७६
नं.को ट्रकमा बिल बिजक भन्दा बढी लोड गरेको औषधी, किरना सामान,
कस्मेटिक सामान, विभिन्न लताकपडा
ईलेक्ट्रोनिक तथा हार्डवेयरका सामानहरु रहेको र भन्सार छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।
२.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-७ पथलैया बिरगंज सडक खण्ड स्थितबाट
बिल बिजक भन्दा बढि माल सामान रहेको अं. रु ७३,८४,४१७।– सामान बिहिवार
राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको
प्रहरी टोलीले पर्साबाट सप्तरी तर्फ जाँदै गरेको ना ५ ख २६०९ नं. को डब्बा
ट्रकलाई
विशेष सुचनाको आधारमा रोकि चेक जाँच गर्दा खुद्रा सामान ( टायर,औषधि,पाइप,स्प्रे टैङक, अन्य विभिन्न ) सामानहरु रहेको र भन्सार
छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।
३. सर्लाही
बागमती नगरपालिक-१२ स्थितबाट बिल बिजक भन्दा बढि माल सामान रहेको अं. मुल्य रू.१,०४,६५,३०३।– सामान (डिबा) ट्रक बिहिवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको विशेष सुचनाको आधारमा बिराटनगरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख १००१
नम्बरको ट्रक गाडी रोकी चेकजाँच गर्दा उक्त ट्रक गाडीमा भाडा बर्तन, टिभि, कपडा, केबल,
Diaper Pant लगायत खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरुको अनलाईल बिल नखुलेको, बिल-बिजक
शंकास्पद देखिएको आशंकामा नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।
४.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-१
पथलैया चोक स्तिथबाट बिलबिजक भन्दा बढी खुद्रा सामानहरु अ.मुल्य रु.३१,५१,१११/- बराबरको सामान
शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट चितवन तर्फ
जादै गरेको ना ३ ख५०३९ न.को ट्रकलाई चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी सामानहरु टायर,मोटर पोर्टस,केमीकल
पाउडर र ईलेक्ट्रिकल सामान लगाएतको खुद्रा समानहरु राजश्व छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।