प्रतिबन्धित लागु औषध गाँजा नियन्त्रणमा
२०८१-०९-२८
- A
- A-
- A+
सप्तरी, बलानविहुल गाउँपालिका वडा नं.१ बलान पट्टी स्थितबाट
प्रतिबन्धित लागु औषध गाँजा अं.६७० किलो शनिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ
। प्रहरी चौकी मौवहामा देवदत्त साहको खेतमा रहेको मनोहर यादवको परालमा लागु औषध
गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा खबर प्राप्त हुना साथ प्रहरी
चौकी मौवहाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा उक्त पराल भित्र लुकाई छिपाई
राखेको अवस्थामा प्लाष्टिकको पोका २४ वटा नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।