प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८
- A
- A-
- A+
महोत्तरी, बलबा नगरपालिका वडा नं. ११ लंगडा चोक स्थितबाट
लागु औषध नाईट्राभेट ट्याब्लेट थान-८७ पिस र प्लाष्टिको पुरियामा गाँजा लागु औषध सहित महोत्तरी लोहारपट्टी नगरपालिका ५ बस्ने राम
गुलाम यादबको छोरा अं वर्ष २२ को संतोष यादब र ऐ.मोटरसाईकलमा पछाडी सवार ऐ.ऐ.
बस्ने देबनारायण मंडलको छोरा अं वर्ष २१ को सुसिल कुमार मंडललाई शनिवार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लोहारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक
जाँच गर्नेक्रममा सम्सी तर्फबाट आउदै
गरेको बाग्मती AAA
7264 नं. को मोटरसाईकल रोकी चेक जाँच गर्दा लागु औषध नाईट्राभेट ट्यब्लेट
र गाँजा सहित निज २ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।