प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका-१ पानीटंकी स्थितबाट प्रतिबन्धित
लागु औषध DIAZEPAM-30 एम्पुल, PHENERGAN-30 एम्पुल, BUPRENORPHINE-30 र COUGH LINCTUS-14 बोतल सहित लहान नगरपालिका-१
बस्ने जगदिस ठाकुरको छोरा अं. बर्ष ४५ को दयाराम ठाकुरलाई आईतवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लहान, ईलाका प्रहरी कार्यालय लहान र जिल्ला
प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१ बस्ने दयाराम
ठाकुरको घर खानतलासी गर्दा घरमा लुकाई
छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।