लागू औषध चरेस जस्तो देखिने वस्तु नियन्त्रण
२०८१-०९-२९
- A
- A-
- A+
पर्सा,
बिरगंज महानगरपालिका वडा नं.१६ गणेश टोल स्थितबाट प्रतिबन्धित लागु औषध चरेस जस्तो
देखिने वस्तु १९ किलो ५०० ग्राम आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखी १ जना पुरुष मानिस १ वटा बोराको पोका सडकमा फाली भागी गएकोमा
प्रहरी टोलीले उक्त बोरा खोली
हेर्दा अबैध लागु औषध चरेस जस्तो देखिने वस्तु १३ वटा प्लाष्टिकको पोकालाई टेपले
बेरिएको अबस्थामा फेला परेकोमा उक्त अवैध लागु औषध चरेस जस्तो देखिने वस्तुलाई नियन्त्रणमा
लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।