हातहतियार सहित मानिस नियन्त्रणमा
२०८१-०९-२९
- A
- A-
- A+
सर्लाही, ब्रहम्पुरी
गाउँपालिका- ३ भेल्ही चोक स्थितबाट कटुवा पेस्तोल-१ थान, 8
mm को जंगी राउण्ड गोली-२ थान सहित मोटरसाईकल चालक देश भारत सितामढी
रजवारा मुसहरनीया बस्ने राम पुकार साहको छोरा अं. वर्ष २४ को प्रवचन साह र सोही मोटरसाईकल
पछाडी सवार जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने संजय पासवानको छोरा अं.
वर्ष १८ को विक्रम पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला
प्रहरी कार्यालय सर्लाहीमा देश भारत जिल्ला सितामढी ग्राम बसतपुर वडा नं.७ बस्ने
रंजन दासको छोरा अं. वर्ष १५ को लभ कुमार दासलाई लेनदेनको विषयलाई लिएर जिल्ला
सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने अं. वर्ष ६८ को रामजी साहको घरमा बाँधी
राखेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद स्थानमा
चेकजाँच गर्ने क्रममा BR 06 BT 2850 नं. को मोटरसाईकलमा कटुवा पेस्तोल सहित २ जना मानिसहरुलाई
नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।