सामान सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०९-२९
- A
- A-
- A+
बारा, जितपुरसिमरा उ.म.न.पा.वडा
नं.२१ स्थित चेकपोईन्ट अगाडी बिलबिजक भन्दा बढी सामान तथा राज्श्व छलीको आशंकामा
अं. मुल्य.रु.७१,७४,५९१।–(एकहत्तर लाख चौहत्तर हजार पाँच सय एकानब्बे ) रुपैया
बराबरको Ppwovenbag,Medicine,
Kictchen Oven (भाडा कुडा) र Vaccinis लगाएतका
सामानहरु सहित प्रहरीले नियन्त्रणमा लाइएको छ । इ.प्र.का. अमलेखगंजबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट रुपन्देही तर्फ
जादै गरेको प्र २-०३-००१ ख २८८८ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाइएको छ ।