कटुवा पेस्तोल सहित मानिस पक्राउ
२०८१-१०-०८
- A
- A-
- A+
कटुवा पेस्तोल सहित मानिस
पक्राउ
सिरहा,
गोलबजार नगरपालिका ११ बल्कबा स्थित मैनबती खोलाबाट कटुवा पेस्तोल १ थान सहित गोलबजार
नगरपालिका १२ बेतौना बस्ने बर्ष १९को प्रमोद ठाकुर र बर्ष १९ को बिष्नु कुमार महतोलाई
सोमवार बेलुका प्रहरीले पक्राउ गरेको छ । मैनाबती खोलामा लागेको भब्री मेलामा आएका
केही व्यक्ति बिच एक आपसमा झै-झगडा भईरहेको छ भन्ने खबर इलाका प्रहरी कार्यालय गोलबजारमा प्राप्त हुना
साथ खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा निजहरु प्रमोद ठाकुर र बिष्नु
कुमार महतोलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा कटुवा पेस्तोल र फलामको
नक फेला परेकोले उक्त हतियार सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।