भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
२०८१-१०-१०
- A
- A-
- A+
सर्लाही, ईश्वरपुर नगरपालिका ५ फुलजोर चोकबाट
भरुवा बन्दुक नाल १ सहित सोही स्थान बस्ने बर्ष ३१ को गोबिन्द बस्नेतलाई बुधवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी फुलजोर र घारी सव डिभिजन वन कार्यालयबाट
खटिएको संयुक्त गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा फुलजोर चोकबाट ५० मिटर उत्तर
तर्फ लुकिछिपी बसिरहेको अवस्थामा निजलाई उक्त भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।