भन्सार छली नेपाल भित्र्याएका माछा सहित पिकअप गाडी बरामद
२०७८-०९-१८
- A
- A-
- A+
बारा, २०७८ पुस १७ गते । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली नेपाल भित्र्याएका भन्सार मुल्य रू. ३७,५००।- बराबरको ५०० किलो माछा तथा उक्त माछा ओसार्न प्रयोग गरेको भन्सार मुल्य रू. ७,००,०००।– (सात लाख) बराबरको बा.४ च. ६०९१ नं. को पिकअप गाडी समेत मिति २०७८/०९/१६ गते राती अं. २३:३५ बजेको समयमा बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बीरगंजमा बुझाइएको