लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-१३
- A
- A-
- A+
सिरहा, मिर्चैया नगरपालिका ६ भगतपुर
स्थितबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७५ मिलिग्राम सहित
मिर्चैया नगरपालिका ५ बस्ने वर्ष २९ को भोला पंजियारलाई शनिवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयामा लागुऔषध सेवन गरिरहेको छ
भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ भाग्ने क्रममा निजलाई नियन्त्रणमा
लिई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
फेला परेकोले निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धनमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।