नक्कली नोट सहित मानिस पक्राउ
२०८१-१०-२०
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८१/१०/१९
गते शनिवार ईश्वरपुर नगरपालिका १५ सुकनाहा बजार स्थित परमज्योतिया साह तेलीको
किराना पसलमा देश भारत सीतामाढी पुरान्दा राजवाडा वडा नं. ९ बस्ने वर्ष २७ को
मुकेश कुमार सोनीले कुरकुरे किनी भा.रु. ५००/- को नोट दिएकोमा पसलेलाई उक्त नोट
नक्कली जस्तो शंका लागि तत्काल अस्थाई प्रहरी पोष्ट सुकनाहालाई जानकारी गराउना साथ
खटिएको प्रहरी टोलीले निज मुकेश कुमार सोनीलाई BR 30 AE 3399 नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई चेक जाँच गर्दा निजको साथबाट
नक्कली जस्तो देखिने नोटहरु भा.रु. ५००/- दरको थान १ र भा.रु. १००/- दरको थान २९ र
सक्कली नोटहरु भा.रु. २००/- दरको थान १, भा.रु. १००/- दरको थान ३, भा.रु. २०/-
दरको थान ६, भा.रु.१० दरको सिक्का थान ९, भा.रु. ५/- दरको सिक्का थान ४ गरी जम्मा
भा.रु. ७३०/- र ने. रु. ५००/- दरको थान ३, ने.रु. १००/- दरको थान १५, ने.रु.५०/-
दरको थान ३, ने.रु. २०/- दरको थान ३, ने.रु. १०/- दरको थान ८ गरी जम्मा ने. रु. ३,२९०/-
फेला परेकोले निजलाई उक्त रकम सहित नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।