लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२०
- A
- A-
- A+
१.
रौतहट, चन्द्रपुर नगरपालिका ४
चिडियादहबाट खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम (१५ पुरिया) सहित सोही
स्थान बस्ने बर्ष ३१ को सागर श्रेष्ठलाई मिति २०८१/१०/१९ गते शनिवार बेलुका
प्रहरीले पक्राउ गरेको छ । निज सागर श्रेष्ठले आफ्नै घरमा लागू औषध खैरो हिरोइन
जस्तो देखिने धुलो पदार्थको सानो सानो प्लाष्टिकको पुरिया बनाई आफ्नै साथमा बोकी
राखेको छ भन्ने विशेष सुचना इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राप्त हुनासाथ
खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घर अगाडी बसिरहेको अवस्थामा फेला पारी शरीर तलासी
गर्दा उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले निजलाई उक्त लागू औषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।