लागू औषध बरामद
२०८१-१०-२०
- A
- A-
- A+
१.
धनुषा, मिथिला नगरपालिका ८ बडहरी पुल निजकबाट
२५ के.जी. लागू औषध गाँजा मिति २०८१/१०/२० गते आईतवार बिहान प्रहरीले बरामद गरेको
छ । इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थाई प्रहरी पोष्ट बडहरीबाट खटिएको संयुक्त
गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा बडहरी पुल स्थित पूर्व पश्चिम लोकमार्गमा
बागमती प्र.-०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकलमा २ जना मानिसहरुले कालो ब्याग लिई
रोड छेउमा रोकी रहेको अवस्थामा शंका लागि सोधपुछ गर्न खोज्दा दुवै मानिसहरु उक्त
ब्याग र मोटरसाइकल छाडी फरार भएकोमा उक्त ब्याग चेक जाँच गर्दा उक्त परिमाण
बराबरको लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।