लागू औषध गाँजा नियन्त्रणमा
२०८१-१०-२१
- A
- A-
- A+
१.
बारा, सुबर्ण गाउँपालिका ३
बकतौराबाट ६३ किलो २०० ग्राम लागू औषध गाँजा आईतवार बेलुका प्रहरीले बरामद गरेको छ
। प्रहरी चौकी अमृतगंज खजानी र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको
संयुक्त प्रहरी गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारत तर्फ जाँदै गरेको
बा.प्रदेश-०२ ०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकल छोडी मानिसहरु फरार भएकोमा
उक्त मोटरसाईकलमा रहेको सामानहरु चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध
फेला परेकोले प्रहरीले मोटरसाईकल सहित उक्त लागू औषध नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही,
लालबन्दी
नगरपालिका १५ स्थित कालिन्जोर खोलाबाट ११० के.जी. लागू औषध गाँजा आईतवार बेलुका
प्रहरीले बरामद गरेको छ । कालिन्जोर खोलाको काँस घारीमा लागू औषध गाँजा लुकाई
छिपाई ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण
ब्युरो शाखा कार्यालय बर्दिबास, इलाका प्रहरी कार्यालय लालबन्दी र अस्थाई प्रहरी
पोष्ट परवानिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खोज तलास गर्दै
जाने क्रममा कालिन्जोर खोलाको उतर पट्टी काँस घारीबाट उक्त परिमाण बराबरको लागू
औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।