बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-१०-२१
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट विल विजक
भन्दा बढि सामान अन्दाजी मुल्य रु.३८,१६,७६०/- (अर्तिस लाख सोह्र हजार सात सय साठी
रुपैयाँ) बराबरको सामना सहित प्र.०१-०२-००१ ख ८०८६ नम्बरको ट्रकलाई आईतवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले विराटनगरबाट
काठमाडौं तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्दा बिल बिजक भन्दा सामान बढी
रहेकोले सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि
राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।